कुपण्डोलमा पैदलयात्रीको सुनको सिक्री लुटियो
ललितपुर, १ भदौ । ललितपुर महानगरपालिका–१ कुपण्डोलस्थित सडकबाट पैदलयात्री सुनमाया तमाङको करिब ९८ हजार रुपैयाँ मूल्य बराबरको १ तोलाको सुनको सिक्री नम्बर नखुलेको मोटरसाइकलमा सवार २ जनाले सोमबार लुटेर फरार भएका छन् ।
प्रहरीले घटनामा शंकास्पद २ जनालाई नियन्त्रणमा लिई लिएर अनुसन्धान अगाडी बढाएको जनाएको छ ।
क्याटेगोरी :
समाचार