मरेका कुखुराको मासु बेच्ने पक्राउ
काठमाडौं, १ भदौ । काठमाडौं महानगरपालिका–३१ प्रयाग मार्गस्थित बिएण्डबी मीट मार्टका सञ्चालक काभ्रे पनौती नगरपालिका–१० घर भएका ३३ वर्षीय कृष्णचरण गोछेलाई मरेका कुखुराको मासु विक्री गरेको अभियोगमा सोमबार बिहान प्रहरीले पक्राउ गरेको छ ।
उक्त मासु पसलमा करिब १ हजार किलोग्राम मरेका कुखुरा बिक्रीको लागि राखिएको बेला प्रहरीले गोछेलाई नियन्त्रणमा लिएको हो । वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका प्रतिनिधिको उपस्थितिमा उक्त मासु खाल्डोमा पुरेर नष्ट गरिएको छ ।
क्याटेगोरी :
समाचार