Techie IT
×
गृहपृष्ठसमाचारएसईईको नतिजा सार्वजनिक

एसईईको नतिजा सार्वजनिक


काठमाडौं, १ भदौ । राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई)को नतिजा सार्वजनिक गरेको छ । बोर्डको सोमबार बसेको बैठकले नतिजा सार्वजनिक गर्ने निर्णय हो ।

गत ६ चैतका लागि निर्धारित एसईई कोभिड–१९ का कारण अन्तिम समयमा स्थगित भएर परीक्षा नभएपछि विद्यालयले गरेको आन्तरिक मूल्यांकनको आधारमै नतिजा सार्वजनिक भएको हो ।

विद्यालयहरूले विद्यार्थीको मूल्यांकन गरेर जिल्ला समन्वय ईकाई मार्फत बोर्डमा पठाएको आधारमा रिजल्ट निकालिएको हो । विद्यार्थीहरूको मूल्यांकन प्रधानाध्यापक अध्यक्ष र सम्बन्धित कक्षा शिक्षक तथा सम्बन्धित माध्यमिक तहका शिक्षकहरू मध्ये नियुक्तिका आधारमा सबैभन्दा जेष्ठ शिक्षक प्रतिनिधि सदस्य रहेको मूल्यांकन समितिले गरेको हो ।

यसरी मूल्याङ्कन गर्दा संवत् २०७६ को कूल पूर्णङ्कको सैद्धान्तिक र प्रयोगात्मक गरी पहिलो त्रैमासिकको १०, दोस्रोको ३० र तेस्रो त्रैमासिक परीक्षाको ६० प्रतिशत अङ्कभार दिइ ग्रेड निर्धारण गर्नुपर्ने व्यवस्था गरिएको थियो ।


क्याटेगोरी : समाचार
ट्याग : #breaking


प्रतिक्रिया दिनुहोस


सम्बन्धित समाचार