Techie IT
×
गृहपृष्ठसमाचारकुटपिटबाट वृद्दको मृत्यु, छ जना पक्राउ

कुटपिटबाट वृद्दको मृत्यु, छ जना पक्राउ


कपिलवस्तु, १ भदौ । मायादेवी गाउँपालिका–८ सानो नन्दनगर बस्ने ७० वर्षीय हरिराम पासीको स्थानीयको कुटपिटबाट मृत्यु भएको छ । घटनामा संलग्न रहेको अभियोगमा ६ जनालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

उक्त स्थानमा नाला सफा गर्ने विषयलाई लिएर कुटपिट हुँदा ३ जना घाइते भएको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी गुलरीबिजुवा र ईलाका प्रहरी कार्यालय पकडीबाट खटिएको प्रहरीले घाइतेहरुलाई उपचारको लागि मेडिकल कलेज भैरहवा लैजाँदै गर्दा हरिरामको बाटोमै मृत्यु भएको थियो । अन्य २ जना घाइतेहरुको सोही अस्पतालमा उपचार भइरहेको छ ।


क्याटेगोरी : समाचार


तपाईको प्रतिक्रिया दिनुहोस


सम्बन्धित समाचार