Techie IT
×
गृहपृष्ठप्रदेशधनुषामा एकजना कोरोना संक्रमितको मृत्यु

धनुषामा एकजना कोरोना संक्रमितको मृत्यु


जनकपुरधाम, १ भदौ । धनुषामा एकजना कोरोना संक्रमितको मृत्यु भएको छ ।

जिल्लाको धनौजी गाउँपालिका वडा नम्बर ३ कटैया निवासी ६५ बर्षीय पुरुषको प्रादेशिक अस्पताल जनकपुरमा उपचारका क्रममा मृत्यु भएको प्रदेश २ को सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका वरिष्ठ जनस्वास्थ्य प्रशासक विजय झाका अनुसार ती पुरुष बिरामी परेर गत साउन २६ गते अस्पताल भर्ना भएका थिए । उनको सोही दिन स्वाब संकलन गरेर परीक्षणका लागि पठाइएको थियो । साउन ३१ गते रिपोर्ट आउँदा कोरोना संक्रमण पुष्टि भएको थियो ।

जटिल किसिमको निमोनियाबाट ग्रसित ती पुरुषलाई ३१ साउनकै राति सास फेर्न समस्या भएपछि आईसीयूमा भर्ना गरिएको थियो । योसँगै धनुषामा कोराना संक्रमति भएर मृत्यु हुनेको संख्या ९ पुगेको छ ।


क्याटेगोरी : प्रदेश, मधेस प्रदेश, समाचार
ट्याग : #breaking, #Corona


तपाईको प्रतिक्रिया दिनुहोस