काठमाडौं, ३० जेठ । शुक्रबार थप ४ सय ४८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार संक्रमितको संख्या ५ हजार नाघेको छ भने एकै दिन यतिधेरै संक्रमित संख्या थपिएको अहिले सम्मकै सबैभन्दा बढी हो ।
नेपालभर हालसम्म ८ सय ७७ जना कोरोना संक्रमित निको भएर घर फर्किएका छन् । जसमा ७ सय ८६ जना पुरुष र ९१ जना महिला छन् ।
आज देखिएका नयाँ संक्रमित मध्ये विराटनगर प्रयोगशालामा मोरङका २, झापाका ७ जना रहेका छन्। त्रिवि शिक्षण अस्पतालको प्रयोगशालामा महोत्तरीका १० जनामा संक्रमण पुष्टि भएको छ। भरतपुर अस्पताल प्रयोगशालामा भरतपुरका ८ जनामा संक्रमण पुष्टि भएको छ। पाटन अस्पतालमा गरिएको परीक्षणमा धादिङका १ जनामा संक्रमण पुष्टि भएको छ।
त्यस्तै विपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा गरिएको परीक्षणमा सप्तरीका १७, उदयपुरका ३ जना, सिराहाका ११ जना रहेका छन्। कोशी अस्पताल प्रयोगशालामा इलामका १ जना, झापाका ७ र सुनसरीका १७ जनामा पुष्टी भएको छ। पोखरा प्रयोगशालामा गरिएको परीक्षणमा पर्वतका १३, स्याङजा २२, नवलपरासी १ तनहुँका १ जनामा संक्रमण पुष्टि भएको छ।
भेरी अस्पताल प्रयोगशालामा गरिएको परीक्षणमा बर्दियाका १३ जना र बाँकेका १ जनामा संक्रमण पुष्टि भएको छ। राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा नवलपरासी पूर्वका ४, मोरङ १, धादिङका २७, बाराका १ धनुषाका १ नुवाकोटका १ रौतहट ८६ र काठमाडौंका १ जनामा संक्रमण पुष्टि भएको छ।
सर्लाहीका ५० जनामा संक्रमण पुष्टि भएको छ। प्रादेशिक प्रयोगशालामा गरिएको परीक्षणमा धनुषाका १४ महोत्तरीका ६ सर्लाहीका ३ जनामा संक्रमण पुष्टि भएको छ। धुलिखेल अस्तालमा गरिएको परीक्षणमा कपिलवस्तुका ४ र सर्लाहीका ४ जनामा संक्रमण पुष्टि भएको छ। राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ८ जनामा संक्रमण पुष्टि भएको छ।
सुर्खेत प्रयोगशालामा गरिएको परीक्षणमा दैलेखका ३३ र सुर्खेतका ४५ जनामा संक्रमण पुष्टि भएको छ। प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला रुपन्देहीमा अर्घाखाँचीका २, गुल्मी र पाल्पाका एकरएक जना प्युठानका २ जना रुपन्देहीका १६ र नवलपरासी पश्चिमका १ जनामा संक्रमण पुष्टि भएको छ।
क्याटेगोरी :
समाचार
ट्याग : #breaking