Techie IT
×
गृहपृष्ठसमाचारमापसे गरी प्रहरीमाथी कुटपिट

मापसे गरी प्रहरीमाथी कुटपिट


कास्की, ३२ साउन । पोखरा महानगरपालिका–३ नदीपुरस्थित साकुरा रेष्टुरेण्टमा होहल्ला हुँदा प्रहरीले जाँच गर्ने क्रममा रेष्टुरेण्टमा मादक पदार्थ सेवन गरी बसेका प्रमिस थापा लगायत ६ जनाले कुपपिट गर्दा प्रहरी जवान दिनेश श्रीस घाइते भएका छन् ।

प्रहरी कर्मचारीलाई कुटपिट तथा अभद्र व्यवहार गरेको अभियोगमा २६ वर्षीय प्रमिश थापालाई शनिबार राति नै प्रहरीले पक्राउ गरेको छ ।

कुटपिटमा संलग्न अन्य व्यक्तिहरूको प्रहरीले खोजी गरिरहेको छ । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।


क्याटेगोरी : समाचार


प्रतिक्रिया दिनुहोस