Techie IT
×
गृहपृष्ठसमाचारसरोकारवाला निकायबीच तालमेल हुन नसक्दा उद्धार तथा राहत कार्यमा समस्या : गृहमन्त्री बादल

सरोकारवाला निकायबीच तालमेल हुन नसक्दा उद्धार तथा राहत कार्यमा समस्या : गृहमन्त्री बादल


काठमाण्डौ, ३२ साउन । गृह मन्त्री रामबहादुर थापा बादलले ले कोभिड–१९ रोकथाम तथा नियन्त्रणका लागि सुरक्षाका नियमहरु पालना गर्न सर्वसाधारणलाई अपिल गरेका छन् ।
गृहमन्त्री बादलले सरकारले मात्रै कोरोना रोकथाम तथा नियन्त्रणका लागि काम गरेर नहुने भन्दै सबै नागरिकले सचेतना अपनाउन आवश्यक रहेको बताए । गृह मन्त्री थापाले सरकार र नागरिक सबैले एकसाथ सचेत भइ नियमहरु पालना गरेमा सङ्क्रमणलाई नियन्त्रण गर्न सकिने बताएका हुन् ।

कोरोना रोकथाम तथा नियन्त्रणका लागि लकडाउन लागू भए पनि फेरि सङ्क्रमण बढिरहेको छ । सरकारले केही कडाइ गरी नियन्त्रणको प्रयास गरिरहेको गृह मन्त्री थापाले बताए । फेरि लकडाउन गरेर समस्याको हल नहुने भएकाले सबै क्षेत्रलाई क्रमशः मापदण्ड अपनाएर खोल्न दिने नीति लिइएको प्रस्ट पारे ।

लकडाउनका कारण आर्थिक समस्या देखिन थालेपछि सरकारले कोरोना र आर्थिक सङ्कटको अवस्थालाई तालमेल गरी अगाडि बढ्ने नीति लिएको उनले बताए । सरकारले देशभित्र प्रवेश गर्ने १० वटा नाका तोके पनि अझै पनि लुकीछिपी आउने काम भइराखेको उनले बताए । अहिले पनि खुला नाका नियन्त्रणका लागि एक हजार दुई सयभन्दा बढी बोर्डर आउट पोस्ट (बीओपी) स्थापना गरिएको गृह मन्त्री थापाले बताए ।

अहिले देशमा बाढी पहिरो र कोरोनाको सङ्कट एकैपटक आएकाले यसको समाधानमा समस्या देखिएको थापाले बताए । कोरोनाको लागि कोभिड–१९ क्राइसिस म्यानेजमेन्ट सेन्टर (सीसीएमसीं) क्रियाशील रहेको र बाढी पहिरोको लागि विपद् जोखिम न्यूनीकरण व्यवस्थापन समितिले काम गरिराखेको थापाले बताए ।

यस वर्ष मनसुन सुरु हुनभन्दा अगाडि नै विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन समितिको बैठक बसेर पूर्वतयारी गरेको समेत गृह मन्त्री थापाले जनाए। विपद्को समस्या गृह मन्त्रालयको मात्रै नभएर अन्य केही सरोकारवालाको पनि समस्या भएकाले ती निकायबीच तालमेल हुन नसक्दा उद्धार तथा राहत कार्यमा केही समस्या आएको थापाले बताए ।

बाढी पहिरोका कारण क्षति पुगेको ठाउँमा रोकथाम तथा नियन्त्रणका लागि केन्द्र, प्रदेश र पालिकामा तयारी गरिएको पनि उनले बताए । हरेक वर्ष पूर्वतयारी गरिए पनि उद्धारका लागि साधन र सामग्रीहरुको समस्या रहेको गृहमन्त्री थापाको भनाइ छ ।

गृह मन्त्री थापाले प्रधानमन्त्री दैवी प्रकोप राहत कोष र गृह मन्त्रालय अन्तर्गत रहेको रकमबाट उद्धार र पुनर्स्थापनाका लागि निकासी गरी काम भइराखेको बताए ।


क्याटेगोरी : समाचार
ट्याग : #breaking


तपाईको प्रतिक्रिया दिनुहोस