Techie IT
×
गृहपृष्ठसमाचारलमहीमा मोटरसाइकल दुर्घटनामा हुँदा चालकको मृत्यु

लमहीमा मोटरसाइकल दुर्घटनामा हुँदा चालकको मृत्यु


दाङ, ३२ साउन । लमही नगरपालिका–४ बलारामपुरस्थित सडकमा लु.५७ प ८८८० नम्बरको मोटरसाइकल अनियन्त्रित भई शनिबार राति दुर्घटना हुँदा मोटरसाइकल चालक गढवा गाउँपालिका–७ बस्ने २५ वर्षीय सुरज चौधरीको मृत्यु भएको छ ।

दुर्घटना भई बलरामपुर नदीमा खसेका चौधरीको घटनास्थलबाट १५ मिटर टाढा नदीको किनारमा शव फेला परेको हो । साथै मोटरसाइकलमा सवार सोही स्थान बस्ने २५ वर्षीय मनोज चौधरी नदीले बगाई बेपत्ता भएका छन् ।

मोटरसाइकल प्रहरीले नियन्त्रणमा लिई बेपत्ताको खोजी गर्नुका साथै थप अनुसन्धान गरिरहेको छ ।


क्याटेगोरी : समाचार


तपाईको प्रतिक्रिया दिनुहोस


सम्बन्धित समाचार