फलामको ढुंग्रोले हानेर आफ्नै बाबुको हत्या
सोलुखुम्बु, ३० जेठ । महाकुलुङ गाउँपालिका–४ लुचाम बस्ने १९ वर्षीय कुबेर कुलुङलाई आफ्नै बाबुको हत्या गरेको अभियोगमा शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको छ ।
५७ वर्षीय उनका बाबु सन्त कुमार राई बिहीबार राति मादक पदार्थ सेवन गरेर घरमा पुगेपछि घरायसी विषयमा विवाद भई झगडा हुँदा कुबेरले आगो फुक्ने फलामको ढुंग्रोले बाबुको टाउकोमा प्रहार गरेका थिए । ढुंग्रोले लागेर गम्भीर घाइते भएका उनलाई उपचारको लागि अस्पतालतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको थियो ।
यस सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
क्याटेगोरी :
समाचार