गृहपृष्ठ ∕
समाचार ∕
प्रहरीका दुई डिआइजीमा कोरोना संक्रमण, देशभर ६२० प्रहरी कोरोना सङ्क्रमित
प्रहरीका दुई डिआइजीमा कोरोना संक्रमण, देशभर ६२० प्रहरी कोरोना सङ्क्रमित
काठमाडौँ, ३२ साउन । नेपाल प्रहरीको महाराजगञ्जस्थित अस्पतालमा कार्यरत दुई डीआईजीमा कोरोना सङ्क्रमण पाइएको छ ।
सो अस्तपालमा कार्यरत डीआइजीहरूमा सङ्क्रमण पुष्टि भएको नेपाल प्रहरीका प्रवक्ता एसएसपी कुबेर कडायतले बताए ।
नेपाल प्रहरीको हेडक्वार्टर र अस्पतालमा गरी १५५ जनामा सङ्क्रमण भइसकेको छ ।
यस्तै प्रहरीको देशभर ६२० जनामा कोरोना सङ्क्रमण पुष्टि भएको र त्यसमध्ये १४० जना निको भएका छन् ।
क्याटेगोरी :
समाचार,
स्वास्थ्य
ट्याग : #breaking,
#Corona,
#nepal police,
#police hospital