Techie IT
×
गृहपृष्ठप्रदेशभरतपुर अस्पतालका मेडिकल सुपरिटेण्डेन्टसहित तीन चिकित्सकमा कोरोना सङ्क्रमण

भरतपुर अस्पतालका मेडिकल सुपरिटेण्डेन्टसहित तीन चिकित्सकमा कोरोना सङ्क्रमण


चितवन, ३२ साउन । चितवनको भरतपुर अस्पतालका प्रमुख मेडिकल सुपरिटेण्डेन्ट डा. श्रीराम तिवारीसहित तीन जना चिकित्सकमा कोरोना सङ्क्रमण भएको छ ।

अस्पताल विकास समितिका अध्यक्ष डा. भोजराज अधिकारीले अस्पतालका मेसु डा. तिवारीलाई सङ्क्रमण पुष्टि भएको जानकारी दिए । आइबार बिहान भरतपुर अस्पतालको फेसबुक पेजमार्फत जानकारी गराउँदै अध्यक्ष डा. अधिकारीले मेसुसहित प्रसूति विभागका प्रमुख डा. सुनिलमणि पोखरेल र आकस्मिक कक्षका चिकित्सकमा पनि कोरोना सङ्क्रमण पुष्टि भएको जानकारी दिए ।

उनले अस्पतालमा कार्यरत अर्का एक स्वास्थ्यकर्मीमा पनि कोरोना सङ्क्रमण पुष्टि भएको बताए । यसरी शनिबार गरिएको परीक्षणमा सरकारी अस्पतालका मात्रै तीन चिकित्सक र एक स्वास्थ्यकर्मीसहित चार जनामा सङ्क्रमण पुष्टि भएको छ ।

अस्प्तालका अध्यक्ष डा। अधिकारीका अनुसार सङ्क्रमण पुष्टि भएका चार जनाकै स्वास्थ्य अवस्था सामान्य रहेको बताताउनुभयो । अस्पतालका मेसु डा। तिवारी अहिले अस्पतालकै एउटा क्याबिनमा बस्नुभएको छ । डा। तिवारी कोरोना सङ्क्रमित बिरामीको व्यवस्थापनका लागि अहोरात्र खटिँदै आइरहनुभएको थियो ।


क्याटेगोरी : प्रदेश, बाग्मती प्रदेश, समाचार, स्वास्थ्य
ट्याग : #breaking, #Corona

तपाईको प्रतिक्रिया दिनुहोस


सम्बन्धित समाचार