Techie IT
×
गृहपृष्ठराजनीतिबालेन साह ४३ हजार ८ सय ५० मतसहित अगाडि

बालेन साह ४३ हजार ८ सय ५० मतसहित अगाडि


काठमाण्डौ । काठमाण्डौ महानगरपालिकाको पछिल्लो मत परिणामअनुसार मेयर पदका स्वतन्त्र उम्मेदवार बालेन साहले ४३ हजारभन्दा धेरै मत ल्याएर अग्रता कायमै राखेका छन्।

महानगरपालिकाको १ लाख २८ हजार ४ सय ८५ मत गन्दा बालेन साहले ४३ हजार ८ सय ५० मत ल्याएका हुन् ।

शाहको निकटतम् प्रतिद्वन्दी नेपाली कांग्रेसकी सिर्जना सिंहले २५ हजार ९ सय ४४ मत पाएकी छिन् । त्यस्तै एमालेका उम्मेदवार केशव स्थापित तेस्रो स्थानमा छन्। उनले २५ हजार ५९ मत ल्याएका छन् ।

 


क्याटेगोरी : राजनीति, समाचार
ट्याग : #hot


तपाईको प्रतिक्रिया दिनुहोस