Techie IT
×
गृहपृष्ठराजनीतिकाभ्रेको पाँचखाल नगरपालिका मेयरमा कांग्रेस र उपमेयरमा एमाले विजयी

काभ्रेको पाँचखाल नगरपालिका मेयरमा कांग्रेस र उपमेयरमा एमाले विजयी


काभ्रे । काभ्रेको पाँचखाल नगरपालिकाको मेयरमा नेपाली कांग्रेसका उम्मेदवार महेश खरेल र उपमेयरमा नेकपा एमालेकी उम्मेदवार सूर्यमाया दनुवार विजयी भएका छन् ।

खरेलले नेकपा एमालेका उम्मेदवार कञ्चन अधिकारीलाई ४ हजार ७ सय २१ मतको फराकिलो अन्तरले पराजित गरे । खरेलले १२ हजार ८ सय ३६मत पाउँदा अधिकारीले ८ हजार ११५ मत पाए ।

त्यस्तै उपमेयरमा नेकपा एमालेकी सूर्यमाया दनुवार ९ हजार ५३४ मत ल्याएर विजयी भइन् । उनले नेकपा माओवादी केन्द्रका उम्मेदवार चेतप्रसाद गौतम (मणी) लाई ५२४ मत अन्तरले पराजित गरिन् । गौतमले ९ हजार १० मत ल्याए ।

यससँगै काभ्रेपलाञ्चोक जिल्लामा सबै पालिकाको मतपरिणाम आइसकेको छ । जम्म १३ पालिकामध्ये ७ पालिकामा कांग्रेस र ४ पालिकामा माओवादी केन्द्र विजयी भएका छन् । नेकपा एमाले र एकीकृत समाजवादीले एक/एक पालिका जितेका छन् ।

 


क्याटेगोरी : राजनीति, समाचार
ट्याग : #hot


तपाईको प्रतिक्रिया दिनुहोस