Techie IT
×
गृहपृष्ठप्रदेशप्रसूती गृह थापाथलीका एक चिकित्सकमा कोरोना पुष्टि

प्रसूती गृह थापाथलीका एक चिकित्सकमा कोरोना पुष्टि


काठमाडौं, ३२ साउन । परोपकार प्रसूती गृह थापाथलीका एक चिकित्सकमा कोरोना पुष्टि भएको छ।

वीर अस्पतालमा गरिएको परीक्षणमा ती चिकित्सकमा कोरोना पुष्टि भएको हो। चिकित्सक आफैंले कोरोना आशंका भई परीक्षण गर्दा कोरोना पुष्टि भएको अस्पतालका उपनिर्देशक श्री प्रताप अधिकारीले जानकारी दिए।

चिकित्सकको सम्पर्कमा आएका १५ जनालाई आइसोलेसनमा राखिएको छ। उनीहरुको ५ दिनमा परीक्षण गरिने भएकोले अन्य चिकित्सकलाई आइसोलेसनमा राखिएको उनले प्रस्ट पारे। संक्रमित चिकित्सकलाई अस्पतालको आइसोलेसन भवनमा राखिएको छ। प्रसूति गृहको कुपन्डोलमा रहेको १५ बेडको आइसोलेसनमा राखिएको हो।

उनले भने, ‘अस्पतालमा आउने कुनै पनि बिरामीलाई स्क्रिनिङ को आधारमा कोरोना आशंका भएमा आइसोलेसन भवनमा राखी उपचार गरिन्छ।’ संक्रमित चिकित्सकलाई आइसोलेसनमा भवनमा राखि सकिएकोले अस्पतालबाट दिने सुचारु जारी रहेको उनको भनाइ छ। इमर्जेन्सी र ओपिडी सेवा जारी छ।


क्याटेगोरी : प्रदेश, बाग्मती प्रदेश, समाचार, स्वास्थ्य
ट्याग : #Corona


प्रतिक्रिया दिनुहोस