Techie IT
×
गृहपृष्ठविज्ञानखराव मौसमका कारण हिमाली भेगका उडान प्रभावित

खराव मौसमका कारण हिमाली भेगका उडान प्रभावित


काठमाडौं, ८ जेठ । मौसमी प्रतिकुलताका कारण आइतबार बिहानैदेखि हिमाली भेगका उडान प्रभावित भएका छन्। काठमाडौंबाट हुँदै आएको लुक्ला, तुम्लिङटार लगायत विभन्न गन्तव्यतर्फ हुँदै आएको उडान प्रभावित भएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले जनाएको छ।

हाल हिमाली गन्तव्य बाहेक सुगमतर्फको सबै उडान नियमित हुँदै आएको विमानस्थलका एक कर्मचारीले बताएका छन्

‘हिमाली भेगका गन्तव्यमा उडान प्रभावित भइरहेको छ। यसअघि प्रभावित हुने गरेको पोखरा, भैरहवा, भरतपुर लगायत गन्तव्यतर्फका उडान यथावत रहेको छ,’ उनले भने।
विमानस्थल कार्यालयका अनुसार आइतवार काठमाडौंबाट बुद्ध, यती, श्री, गुण, सौर्य लगायत विभिन्न वायुसेवा कम्पनीको पोखरा, भद्रपुर, भरतपुर, भैरहवा, धनगढी, नेपालगञ्ज, विराटनगर, जनकपुर लगायत विभीन्न गन्तब्यमा तीन सय २६ वटा उडान तालिका रहेको छ।


क्याटेगोरी : विज्ञान, समाचार


तपाईको प्रतिक्रिया दिनुहोस