गृहपृष्ठ ∕
समाचार ∕
कोभिड नियन्त्रणका लागि नेपाल र भारतका प्रधानमन्त्रीबीच सहमति
कोभिड नियन्त्रणका लागि नेपाल र भारतका प्रधानमन्त्रीबीच सहमति
काठमाडौं, ३१ साउन । प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय समकक्षी नरेन्द्र मोदीबीच शनिबार भएको टेलिफोन वार्तामा प्रम ओलीले भारतको ७४ औँ स्वतन्त्रता दिवसको शुभकामना तथा नेपाल सरकार र जनताका तर्फबाट र आफ्नै तर्फबाट प्रधानमन्त्री मोदी, भारत सरकार र जनतालाई हार्दिक बधाई दिएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।
त्यस्तै भारतीय जनताको निरन्तर प्रगति र समृद्धिका लागि शुभकामना पनि व्यक्त गरेका छन् ।
प्रधानमन्त्री ओलीले भारतको स्वतन्त्रता दिवसको अवसरमा गरेको सम्बोधन औँल्याउँदै प्रधानमन्त्री मादीले छिमेकीलाई पहिलो प्राथमिकताको दिने विषयलाई प्रतिवद्धता दोहोर्याएको त्यसको प्रशंसा गरेको मन्त्रालयले जनाएको छ । साथै नेपालले अर्थपूर्ण दुई पाक्षीय सहयोगको अपेक्षा गरेको समेत वार्तामा स्पष्ट पारेका थिए ।
दुई प्रधानमन्त्रीले कोभिड–१९ विरूद्धको लडाईमा भएका पछिल्ला प्रयासहरूको बारेमा अनुभव आदानप्रदान गरे । कोभिड नियन्त्रणका लागि यस क्षेत्रमा मिलेर काम गर्न नेपाल र भारतका प्रधानमन्त्रीले सहमति जनाएका छन् ।
सो क्रममा प्रधानमन्त्री ओलीले महामारीको विरूद्ध र जनजीवनको रक्षा गर्न नेपाल सरकारले गरेकोे प्रयासबारे समकक्षी मोदी समक्ष विचार आदानप्रदान गरेको जनाइएको छ । कोभिड खोपको प्रारम्भिक विकासको आवश्यकतालाई औंल्याउँदै नेपालका प्रधानमन्त्रीले भारतलगायत विश्वभरका वैज्ञानिकहरूले यसको विकास गर्न सक्षम हुने आशा व्यक्त गरे । जसले यस रोगलाई नियन्त्रण गर्न र फैलिनबाट रोक्न सक्नेछ ।
प्रधानमन्त्री ओलीले प्रधानमन्त्री मोदीलाई भारतले संयुक्त राष्ट्र संयुक्त संघीय सुरक्षा परिषद्को अस्थायी सदस्यको निर्वाचनमा जीत हासिल गरेकामा लागि बधाई दिए । साथै यो महत्वपूर्ण जिम्मेवारीको सफल निर्वाहका लागि शुभकामना समेत व्यक्त गरे । दुबै प्रधानमन्त्रीले भविष्यमा द्विपक्षीय विषयमा छलफल जारी राख्ने कुरामा सहमति जनाएका छन् ।
क्याटेगोरी :
समाचार
ट्याग : #breaking,
#hot,
#kp oli,
#narendra modi