Techie IT
×
गृहपृष्ठप्रदेशभक्तपुरमा प्रहरीलाई अभद्र व्यवहार गर्ने पक्राउ

भक्तपुरमा प्रहरीलाई अभद्र व्यवहार गर्ने पक्राउ


भक्तपुर, ३१ साउन । डिउटीमा खटिएको प्रहरीमाथि अभद्र व्यवहार गरेको अभियोगमा भक्तपुर महानगरपालिका ३ ग्वाछेका एक व्यक्ति पक्राउ परेका छन् ।

प्रहरीले ३२ वर्षीय श्यामकृष्ण गोसाई र चाँगुनारायण नगरपालिका ६ नगरकोट बस्ने २७ वर्षीय संजिब ब्लोनलाई शुक्रबार राति पक्राउ गरेको हो ।

भक्तपुर महानगरपालिका ८ च्यामासिंहमा मादक पदार्थ सेवन गरी होहल्ला गर्दै हिँडिरहेको अवस्थामा महानगरीय प्रहरी वृत्त जगातीबाट खटिएको प्रहरीले फेला पारी सम्झाई बुझाई गर्दा प्रहरीलाई अभद्र व्यवहार गरेपछि उनीहरुलाई प्रहरीले पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाइएको छ ।


क्याटेगोरी : प्रदेश, बाग्मती प्रदेश, समाचार


प्रतिक्रिया दिनुहोस


सम्बन्धित समाचार