बालेन साहले ३९ हजार मत कटाए
काठमाण्डौ, ८ जेठ । अपहले काठमाण्डौसहित पाँच वटा महानगरपालिकाको मतगणना चलिरहेको छ।
पछिल्लो मत परिणामअनुसार काठमाण्डौ महानगरपालिकाको मेयर पदका स्वतन्त्र उम्मेदवार बालेन साहले ३९ हजार मत कटाएका छन् । महानगरको १ लाख ९ हजार ५ सय ३७ मत गन्दा बालेन साहले ३९ हजार ६ मत प्राप्त गरेका छन् ।
यस्तै, नेपाल कांग्रेसकी र्सिजना सिंहले मतान्तर घटाउन थालेका छन्। उनको २२ हजार ७२ मत छ । एमालेका उम्मेदवार केशव स्थापित भने तेस्रो स्थानमा पुगेका छन् । उनले अहिलेसम्म २१ हजार ५ सय ७१ मत पाएका छन् । स्थापित सिंहभन्दा ५ सय १ मतले छनु ।
क्याटेगोरी :
समाचार,
बाग्मती प्रदेश
ट्याग : #balen