Techie IT
×
गृहपृष्ठसमाचारकिशोरीलाई बलात्कार गरेको आरोपमा मनोज पाण्डे पक्राउ

किशोरीलाई बलात्कार गरेको आरोपमा मनोज पाण्डे पक्राउ


काठमाण्डौ । आठ वर्षअघि किशोरीलाई बलात्कार गरेको आरोपमा प्रहरीले एकजनालाई पक्राउ गरेको छ । किशोरीले सौन्दर्य प्रतियोगिताका नाममा आफूलाई आठ वर्षअघि पटक-पटक बलात्कार गरेको भन्दै सामाजिक सञ्जालमा भनेपछि प्रहरीले मनोज पाण्डेलाई पक्राउ गरेको हो ।

महानगरीय प्रहरी अपराध महाशाखाका स्रोतका अनुसार पाण्डेलाई काठमाण्डौबाट पक्राउ गरेको हो । किशोरीले सामाजिक सञ्जालमा भिडिओ राखेदेखि नै पाण्डेलाई निगरानी गरिएकोमा आज पक्राउ गरिएको महाशाखा स्रोतले जनाएको छ । उनलाई कुन कानुनमा टेकेर मुद्दा चलाउने भन्ने विषयमा अहिले कानुनका ज्ञातासँग परामर्श गरिएको स्रोतले जनाएको छ ।

‘एक वर्षको हद म्यादका कारण साधारण हिसाबले बलात्कारको मुद्दा चलाउन समस्या छ त्यसैले अरु कुनै कानुन आकर्षित हुन्छ कि भनेर पनि परामर्स भइरहेको छ’, स्रोतको दावी छ ।

पीडित युवतीले पनि जाहेरी दिने क्रममा रहेको प्रहरीको भनाई छ । ‘हामीले अस्ति र हिजो पीडित युवतीलाई भेटेर मनोपरामर्श दियौँ, अहिले उहाँ जाहेरी दिने तयारीमा हुनुहुन्छ’, स्रोतले भन्यो ।


क्याटेगोरी : समाचार


तपाईको प्रतिक्रिया दिनुहोस