Techie IT
×
गृहपृष्ठसमाचाररुसद्वारा कोरोनाभाइरसविरुद्ध खोप उत्पादन शुरु

रुसद्वारा कोरोनाभाइरसविरुद्ध खोप उत्पादन शुरु


रुसको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको नयाँ खोपको उत्पादन शुरु गरेको जनाएको छ।

यो महिनाको अन्त्यसम्ममा खोप लगाउन शुरु गरिने मन्त्रालयले एउटा विज्ञप्तिमार्फत्‌ जानकारी गराएको छ।

द्रुत गतिमा खोप बनाउने नाममा रुसले सुरक्षासम्बन्धी विधिहरूमा सम्झौता गरेको हुन सक्ने भन्दै कतिपय विज्ञहरूले चिन्ता व्यक्त गर्दै आएका छन्।

रुसमै स्वतन्त्र रूपमा गरिएको एउटा जनमत सर्वेक्षणले विश्वास नभएको भन्दै करिब आधा जति चिकित्सकहरू खोप लगाउन तयार नरहेको देखाएको छ।

यसअघि रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले नयाँ खोपले परीक्षणसम्बन्धी आवश्यक सबै विधिहरू पूरा गरेको र आफ्नी छोरीले नै खोप लगाइसकेको बताएका थिए।

विश्वकै सबैभन्दा पहिलो भूउपग्रह स्पुत्निक फाइभको सम्मानमा खोपको नाम स्पुत्निक राखिएको छ। रुसी भाषामा स्पुत्निक भनेको भूउपग्रह हो।

दुई दिनअघि रुसले खोपको सुरक्षालाई लिएर अन्तर्राष्ट्रिय रूपमा व्यक्त भइरहेका चिन्ताहरूलाई ूएकदमै आधारहीनू भनेको थियो।

गत मङ्गलवार रुसी नियामकले देशमै विकास गरिएको कोरोनाभाइरस विरुद्धको खोपलाई स्वीकृति दिएको जनाएको थियो। (बिबिसी)


क्याटेगोरी : समाचार
ट्याग : #Corona, #hot

तपाईको प्रतिक्रिया दिनुहोस