Techie IT
×
गृहपृष्ठप्रदेशसिन्धुपाल्चोक लिदी पहिरो : हराएका दुई जनाको शव भेटियो

सिन्धुपाल्चोक लिदी पहिरो : हराएका दुई जनाको शव भेटियो


सिन्धुपाल्चोक, ३१ साउन । सिन्धुपाल्चोकको जुगल गाउँपालिका लिदी २ मा पहिरोमा परेर हराइरहेका थप दुई जनाको शव भेटिएको छ ।

अहिले उनीहरुको शव निकाल्ने काम भइरहेको गाउँपालिका अध्यक्ष होमनारायण श्रेष्ठले जानकारी दिए। उनका अनुसार अझै पनि २६ जना हराइरहेका छन् ।

हिजो बिहान खसेको पहिरोले ३७ वटा घरमा नोक्सानी पुर्याएको र त्यसमध्ये १३ वटा घर पूरै भत्किँदा हराएकामध्ये ११ जनाको शव हिजो भेटिएको थियो । शव भेटिएकाहरुको सामूहिक अन्त्येष्टि गर्ने तयारी भएको पनि उनले बताए ।

घाइते ५ जनाको भने सदरमुकाम चौतारामा उपचार भैरहेको छ । हराइरहेकाहरुको खोजीको लागि स्काभेटर लैजाने तयारी भएको पनि अध्यक्ष श्रेष्ठले जानकारी दिनुभयो । पहिरोबाट सय धुरीभन्दा धेरै परिवार विस्थापित भएका छन् ।

विस्थापित भएकाहरुले त्रिपालमुनि बसेर रात काटेका छन् । यसैबीच पहिरो प्रभावित सिन्धुपाल्चोकको लिदीमा आज हल्का पानी परिरहने भएकाले हराइरहेकाहरुको खोजीमा समस्या हुने देखिएको छ । मौसम पूर्वानुमान महाशाखाका मौसमविद् समिर श्रेष्ठका अनुसार आज पहिरो प्रभावित क्षेत्रमा ठूलो पानी नपरे पनि हल्कादेखि मध्यम खालको पानी पर्दै रोकिँदै पर्ने क्रम चलिरहनेछ । त्यहाँ राति पनि पानी परेको उनले बताए ।


क्याटेगोरी : प्रदेश, बाग्मती प्रदेश, समाचार
ट्याग : #lidi, #sindhupalchowk, #पहिरो, #बाढी पहिरो


तपाईको प्रतिक्रिया दिनुहोस