Techie IT
×
गृहपृष्ठसमाचारपूर्व सेनापति पुत्रको दादागिरी

पूर्व सेनापति पुत्रको दादागिरी


काठमाडौं । राज्यको महत्वपूर्ण अंगमा बसेका व्यक्तित्वहरु टोल छिमेकमा बसोबार गरे भने सडक, पानी, बत्ती जस्ता न्यूनतम आवश्यकता पूरा हुने विश्वास आम नागरिकले गरेका हुन्छन् । तर, नेपालको राजनीति र प्रशासनिक तहमा समय बिताएका वरिष्ठहरु नै समाजमा अपाच्य हुने व्यवहार बारम्बार गरिरहन्छन् । यस्तै नमूना हुन् नेपाली सेनाका सोझा प्रधानसेनापतिको परिचय बनाएका छत्रमानसिंह गुरुङका पुत्र प्रवल गुरुङ । उनले आफ्नो घर वरिपरि विस्तार हुन गइरहेको सडक र ढलको व्यवस्थापनमा ध्यान कति दिए भन्ने कुरा बागबजारका गल्ली हेर्दा थाहा हुन्छ । उनको निवास नजिकैको सडकमा यतिखेर ढल विस्तार भइरहेका छन् ।

निर्माण कार्य जारी रहेका कारण छत्रमानको घरवरिपरि मात्रै होइन चोकका अधिकांश घर अगाडि मोटरसाइकल रोकिएका छन् । सबैतिर थुनिएपछि सडकमा रोक्नुको विकल्प पनि छैन । अन्य घरधनीहरुले सडकमा रोकिएका मोटरसाइकलहरुमाथि कुनै गुनासो नगरे पनि छत्रमान पुत्र प्रवलले भने बाबुको पदको ध्वांस दिँदै रोकिएको सवारी लडाउने, तोडफोड गर्ने, हेलमेट लिएर जाने जस्ता हर्कत देखाइरहेका छन् ।

दिनदिनै जस्तो दुई चार जना पीडित बन्ने गरेको गुनासो टोलबासीको रहेको छ । एक पीडित भन्छन् मेरो त बाइक नै लिएर गएछन् । बाबुको प्रतिष्ठा र इज्जतअनुसार पुत्र प्रवलले देखाएको व्यवहारले बागबजारमा अझै लोकतन्त्र नआएको आभास हुन्छ ।


क्याटेगोरी : समाचार


प्रतिक्रिया दिनुहोस