Techie IT
×
गृहपृष्ठसमाचारडरत्रास देखाई तथा धम्क्याई रकम ठगी

डरत्रास देखाई तथा धम्क्याई रकम ठगी


काठमाडौं, ३० साउन । डरत्रास देखाई तथा धम्क्याई रकम ठगी गर्न खोजेको अभियोगमा तारकेश्वर नगरपालिका–११ नेपालटार डेरा गरी बस्ने धादिङ निलकण्ठ नगरपालिका–१४ घर भएका ३६ वर्षीय शंकर प्रसाद अधिकारीलाई बिहीबार काठमाडौं महानगरपालिका–३ बसुन्धराबाट प्रहरीले पक्राउ गरेको छ ।

आफूलाई आलोचना साप्ताहिकको संवाददाता बताउने अधिकारीले काठमाडौंका एक व्यवसायीलाई अख्तियारमा मुद्दा परेको र पक्राउको लागि सिआईबीमा पत्राचार भएकोले मुद्दा हेर्ने सिआईबीका ईन्सपेक्टरलाई ५ लाख रुपैयाँ दिएमा मुद्दा रद्द बनाउने नत्र कुनै पनि समयमा तपाईंलाई प्रहरीले पक्राउ गर्छु भन्दै डरत्रास देखाई तथा धम्क्याई सिआईबीको नाममा रकम असूल गरी ठगी गर्न खोजेपश्चात प्रहरी प्रधान कार्यालय केन्द्रीय अनुसन्धान ब्यूरो महाराजगंजबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

उनलाई आवश्यक कारवाहीको लागि महानगरीय प्रहरी वृत्त महाराजगंज पठाइएको ब्यूरोले जनाएको छ ।


क्याटेगोरी : समाचार


प्रतिक्रिया दिनुहोस