Techie IT
×
गृहपृष्ठसमाचारभारतबाट नेपाल आकस्मिक आगमनका लागि १० नाका मात्र खुला

भारतबाट नेपाल आकस्मिक आगमनका लागि १० नाका मात्र खुला


काठमाडौ । नेपाल भारत सीमा नाकाहरूबाट हुने सामान्य आवतजावतलाई भदौ ३१ गतेसम्मका लागि बन्द गरिएको छ । यो अवधिमा अतिआवश्यक अवस्थामा नेपाल जानै पर्ने भए त्यसका लागि १० नाकाहरू खुला गरिएका छन ।

ती दश नाकाहरूमा काँकडभिटा झापा, रानी मोरङ, माडर सिराहा, गौर रौतहट,बीरगञ्ज पर्सा, बेलहिया रुपन्देही, कृष्णनगर कपिलवस्तु,जमुनाहा बाँके, गौरीफन्टा कैलाली र ठड्डाचौकी कञ्चनपुर रहेको नयाँ दिल्लीस्थित भारतीय दूतावासले जानकारी गराएको छ ।

मन्त्रिपरिषदले २६ गते साउन गरेको निर्णय अनुसार कोरोना संक्रमणको बढदो खतरालाई ध्यान दिएर यो निर्णय गरिएको सो विज्ञप्तिमा जनाइएको छ ।

यो अवधिसम्म निर्वाध आवगमनलाई रोक लगाइएको छ ।


क्याटेगोरी : समाचार


Leave a Reply

Your email address will not be published. Required fields are marked *