Techie IT
×
गृहपृष्ठसमाचारनीजि अस्पतालहरुलाई कोरोना संक्रमितको व्यवस्थापन गर्न २० प्रतिशत बेड छुट्याउन निर्देशन

नीजि अस्पतालहरुलाई कोरोना संक्रमितको व्यवस्थापन गर्न २० प्रतिशत बेड छुट्याउन निर्देशन


काठमाडौं, ३० साउन । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नीजि अस्पतालहरुलाई कोरोना संक्रमितको व्यवस्थापनको लागि २० प्रतिशत बेड छुट्याउन निर्देशन दिएको छ । मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले नियमित मिडिया ब्रिफ्रिङमा उक्त आग्रह गरेका हुन् ।

उनले नेपालको घनाबस्ती भएका जिल्लाहरुका विभिन्न शहरहरुमा कोभिड १९ को संक्रमण बढ्दै गएको जानकारी गराउदै काठमाडौं उपत्यका लगायतका ठाँउहरुका अस्पतालहरुमा बेड अभाव हुदै गएको बताए । त्यसैले सरकारले नीजि क्षेत्रमा अस्पतालहरुमा समेत २० प्रतिशत बेडहरु कोभिड व्यवस्थापनको लागि राख्न आग्रह गरेको हो ।

कुनै पनि अस्पतालमा भर्ना भएका बिरामी कोभिड १९ पोजेटिभ आएपछि सोको व्यवस्थापन हब अस्पतालको संयोजनमा सोही अस्पतालमै गर्न पनि मन्त्रालयले आग्रह गरेको छ ।


क्याटेगोरी : समाचार, स्वास्थ्य
ट्याग : #breaking


Leave a Reply

Your email address will not be published. Required fields are marked *