पोखरामा नगद लुटपाट

कास्की, ३० साउन । पोखरा महानगरपालिका–७ सिताराम प्लटिङ नजिकै सोही महानगरपालिका–१५ नयागाउँ सेन्टमेरिज चोक बस्ने ३४ वर्षीया सिता गिरीको साथबाट नगद १ लाख २७ हजार सहित उनले बोकेको ब्याग बिहीबार साँझ लुटपाट भएको छ ।
सोही महानगरपालिका–९ शिव टोलतर्फ ग.१३ प ७३२४ नम्बरको स्कुटरमा जाँदै गरेको गिरीलाई हाल नम्बर नखुलेको मोटरसाइकलमा सवार २ जना अपरिचित ब्यक्तिहरुले उक्त नगद तथा ब्याग लुटी फरार भएका थिए ।
घटनामा संलग्नहरु फरार रहेकोले हाल खोजीको साथै प्रहरीको अनुसन्धान भइरहेको ।
क्याटेगोरी : समाचार
प्रतिक्रिया