Techie IT
×
गृहपृष्ठसमाचारसर्लाहीमा सामान्य विदामै बन्चरो प्रहार

सर्लाहीमा सामान्य विदामै बन्चरो प्रहार


सर्लाही, ३० साउन । बन्चरो प्रहार गरी घाइते बनाएको अभियोगमा लालबन्दी नगरपालिका–७ बस्ने २५ वर्षीय चन्दन साहलाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
पुरानो रिसईबिको कारण सामन्य बिबाद भई झै–झगडा हुँदा चन्दनले सोही ठाउँ बस्ने १९ वर्षीय बिपिन यादबलाई बन्चरो प्रहार गरी घाइते बनाएको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय लालबन्दीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । घाइते साहलाई उपचारका लागि स्थानीय टेक्सास हस्पिटल पठाइएको छ ।
यस सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।


क्याटेगोरी : समाचार


तपाईको प्रतिक्रिया दिनुहोस


सम्बन्धित समाचार