Techie IT
×
गृहपृष्ठप्रदेशलुम्बिनी प्रदेशबुटवलमा लकडाउन सुरु, भदौ ५ गतेसम्म कायम रहने

बुटवलमा लकडाउन सुरु, भदौ ५ गतेसम्म कायम रहने


रुपन्देही, ३० साउन । बुटवलमा लकडाउन सुरु भएको छ । गएराति ११ बजेर ४५ मिनेटदेखि सुरु भएको लकडाउन भदौ ५ गते रातिसम्म कायम रहने बुटवल उपमहानगरपालिकाले जनाएको छ ।

पछिल्लो समय समुदायस्तरमा कोरोना सङ्क्रमण भेटिन थालेपछि थप जोखिम बढेको भन्दै एक हप्ता लकडाउन गर्ने निर्णय भएको उपमहानगरका उपप्रमुख गुमादेवी आचार्यले बताइन् ।

उनले लकडाउनको पालना गराउनका लागि अनुगमन र कारबाहीलाई सँगै लैजाने बताइन् । निर्माण कार्यमा प्रयोग भएका मजदुरले सुरक्षा मापदण्ड नअपनाएको पाइए टोल समितिमा खबर गर्न पनि उनले आग्रह गरेकी छिन् ।

लकडाउन उपमहानगरपालिकाको लागि नभएर आफ्नै सुरक्षाको लागि हो भनेर पालना गर्न उपप्रमुख आचार्यले आग्रह गरिन् । लकडाउनपछि अत्यावश्यकबाहेक सबै पसल तथा व्यवसाय बन्द भएका छन् । खाद्यान्न पसल बिहान ७ बजेदेखि ११ बजेसम्म मात्र खुल्न पाउनेछन् ।

सार्वजनिक र निजी गाडी चलाउन पाइने छैन । तरकारी बोक्ने गाडी परिचयपत्र देखाएर मात्र सञ्चालन गर्नुपर्नेछ । बैंक तथा वित्तीय संस्थाहरु ५० प्रतिशत जनशक्ति राखेर बिहान १० बजेदेखि दिउँसो २ बजेसम्म अनुमति लिएर खोल्न पाइने उपमहानगरपालिकाले जनाएको छ ।


क्याटेगोरी : समाचार, लुम्बिनी प्रदेश
ट्याग : #Corona, #lockdown


तपाईको प्रतिक्रिया दिनुहोस