Techie IT
×
गृहपृष्ठसमाचारमध्यपूर्वमा युएइ र इजरायलबीच कुटनीतिकसँग सम्बन्ध कायम

मध्यपूर्वमा युएइ र इजरायलबीच कुटनीतिकसँग सम्बन्ध कायम


काठमाडौ । प्यालेस्टाइनी राष्ट्रपति महमुद अब्बासले युएइबाट आफ्नो राजदूत फिर्ता बोलाउन निर्णय गरेका छन । युएइले इजरायलसँग कुटनीतिक सम्बन्ध कायम गरेपछि प्यालेस्टिनले यस्तो निर्णय गरेको हो । राष्ट्रपति अब्बासले युएइको यो पहललाई गद्दारी भनेका छन ।

बिहीबार अरबको खाडी राष्ट्रहरू मध्ये युएइले इजरायलसँग कुटनीतिक सम्बन्ध बनाउने पहिलो राष्ट्र बनेको छ । यस लगत्तै अबुधाबीबाट प्यालेस्टिनले राजदूत फिर्ता बोलायो । साथै अन्य अरब राष्ट्रलाई युएइले गरेको जस्तो नगर्न आग्रह गरे ।

गाजा क्षेत्रमा नियन्त्रण कायम गरेको हमासले पनि यो सम्झौतालाई पछाडिबाट छुरा रोप्ने काम भने विरोध जनाएको छ ।
युएइका नेताहरूले भने यो पहललाई बचाउ गर्दै यसबाट पश्चिमी किनाराको ठूलो हिस्सा इजराजयली अघिग्रहणबाट जोगिने बताएका छन ।

यसैबीच इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले जुडिया र समारिया जस्तै पश्चिमी किनारामाथिका सार्वभौमसत्ता कायम गर्ने योजना यो सम्झौताले परिवर्तन नहुने बताए । उनले भने यो अमेरिकासँगको सहयोगमा यो कार्य पूरा आफू समयको प्रतिक्षा गरेको बताए।

इजरायल र युएइबीचको सम्बन्ध बारे पहिले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ट्विटरमार्फत घोषणा गरेका थिए । उनले यसलाई एक ठूलो क्रमभङ भएको बताए ।अधिकाशं अरब देशहरूले इजरायलाई अहिलेसम्म औपचारिकरूपमा मान्यता दिएको छैन ।


क्याटेगोरी : समाचार
ट्याग : #breaking


तपाईको प्रतिक्रिया दिनुहोस