Techie IT
×
गृहपृष्ठसमाचारभरुवा बन्दुक बरामद

भरुवा बन्दुक बरामद


पाल्पा, २९ साउन । रैनादेविछहरा गाउँपालिका–३ छचुवा बस्ने ५२ वर्षीय गन बहादुर कुमाललाई १ थान एकनाले भरुवा बन्दुक, १ सय ५० ग्राम बारुद, १ सय ९० ग्राम गन्दक र ५९ वटा छर्रा सहित बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

उनको घरमा अवैध रुपमा भरुवा बन्दुक लुकाई छिपाई राखेको अवस्थामा फेला पारी बन्दुक सहित पक्राउ गरिएको छ ।
यस सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।


क्याटेगोरी : समाचार


प्रतिक्रिया दिनुहोस


सम्बन्धित समाचार