Techie IT
×
गृहपृष्ठसमाचारतास खालबाट एकैचोटी १७ जना पक्राउ

तास खालबाट एकैचोटी १७ जना पक्राउ


कास्की, २९ साउन । पोखरा महानगरपालिका–१० मिलनटोल डेरा गरी बस्ने सोही महानगरपालिका–१४ मझेरीपाटन घर भएकी ५० वर्षीया ज्ञानु हमालको कोठामा तास खेलिरहेको अवस्थामा हमाल लगायत १७ जनालाई एकैठाउँमा पक्राउ गरिएको छ ।
उनीहरुसँग नगद १ लाख २ हजार ४ सय ९० रुपैयाँ र ८ बुक तास समेत बरामद गरिएको छ ।
यस सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।


क्याटेगोरी : समाचार


तपाईको प्रतिक्रिया दिनुहोस