Techie IT
×
गृहपृष्ठप्रवासदुई वर्षदेखि बन्द कुवेतको ‘फ्यामिली भिजिट भिसा’ यसै हप्तादेखि खुल्दै

दुई वर्षदेखि बन्द कुवेतको ‘फ्यामिली भिजिट भिसा’ यसै हप्तादेखि खुल्दै


कुवेतले दुई वर्षदेखि बन्द गरेको ‘फ्यामिली भिजिट भिसा’ यसै हप्तादेखि खुलाउने भएको छ ।

कोरोना महामारीपछि कुवेतले त्यहाँ रहेका आप्रवासीहरुलाई पारिवारिक अर्थात् फ्यामिली भिजिट भिसा प्रदान गर्न बन्द गरेको थियो । तर ईदभन्दा पहिले बसेको त्यहाँको मन्त्रीस्तरीय बैठकले कोरोना नियन्त्रण विरुद्धका प्रतिबन्धहरु हटाएसँगै भिजिट भिसा दिन पनि अनुमति दिएको त्यहाँको आवास मामिला विभागको निर्णयलाई उद्धृत गर्दै कुवेत टाइम्सले जनाएको छ ।

फ्यामिली भिजिट भिसाको लागि कुवेत सरकारले तोकेको तलब, सुरक्षा व्यवस्था, राष्ट्रियता लगायत पहिलेकै मापदण्ड यथावत् रहने जनाइएको छ । कुवेत सरकारले इराक, पाकिस्तान, सिरिया, एमन इरान, अफगानस्तान र उत्तर कोरियालाई अझै पनि कुवेत प्रवेशमा प्रतिबन्ध लगाएको छ । यस्तै, कुवेतका आन्तरिक मन्त्रीको स्वीकृति बिना केही अन्य राष्ट्रियताहरुले पनि व्यावसायिक, वर्किङ वा डिपेन्डेन्ट भिसा प्राप्त गर्न नसक्ने पनि कुवेत टाइम्सले जनाएको छ ।

 


क्याटेगोरी : प्रवास, समाचार


तपाईको प्रतिक्रिया दिनुहोस