बुटवल, २९ साउन । कोराना सङ्क्रमणले समुदायस्तरमा समेत उच्च जोखिम बढाएपछि बुटवलमा आजदेखि लकडाउन हुने भएको छ ।
बुटवलस्थित कोरोना अस्पतालमा उपचाररत दुई जनाको मृत्यु भएकै दिन बुटवल उपमहानगरपालिकाले एक साताका लागि लकडाउन गर्ने निर्णय गरेको हो ।
प्रकोप व्यवस्थापन समिति बुटवलको बुधबार बसेको आकस्मिक बैठकले बिहीबार रातिदेखि बुटवलमा कडाइका साथ लकडाउन गर्ने निर्णय गरेको हो । उपमहानगरप्रमुख शिवराज सुवेदीले जोखिम न्यूनीकरणका लागि यस्तो निर्णय गरिएको बताए । उनले सङ्घीय सरकारको मापदण्ड तथा जिल्ला प्रशासनको परामर्श र सहकार्यसँगै यस्तो निर्णय गरिएको बताए। उनले आकस्मिक आउजाउ गर्न बाहिर जान र बुटवल आउनका लागि बिहीबार राति १२ बजेसम्म समय दिइएको बताए ।
लकडाउनमा अत्यावश्यकबाहेक अरु सबै ठप्प हुनेछन् । लकडाउन खुलेपछि बुटवलमा अत्यधिक भीडभाड, सार्वजनिक जमघट बढेको थियो ।
क्याटेगोरी :
प्रदेश,
लुम्बिनी प्रदेश,
समाचार
ट्याग : #breaking,
#butwol,
#Corona,
#lockdown