गृहपृष्ठ ∕
समाचार ∕
आजदेखि एक जिल्लाबाट अर्को जिल्ला जान गाडीको पास बन्द
आजदेखि एक जिल्लाबाट अर्को जिल्ला जान गाडीको पास बन्द
काठमाण्डौ, २९ साउन । आजदेखि एक जिल्लाबाट अर्को जिल्ला जान गाडीको पास नपाइने भएको छ ।
गृह मन्त्रालयले ७७ जिल्लाका प्रमुख जिल्ला अधिकारीलाई परिपत्र गर्दै आजदेखि लागू हुने गरी गाडीको पास वितरण नगर्न निर्देशन दिएको हो ।
योसँगै अत्यावश्यक कामबाहेकका लागि यसअघि लिइएका पास पनि रद्द भएको गृह मन्त्रालयका प्रवक्ता चक्रबहादुर बुढाले जानकारी दिए ।
उनका अनुसार कोरोनाको संक्रमण बढ्दै गएकाले जिल्ला स्तरका पास वितरणमा रोक लगाइएको हो । यसअघि सरकारले अत्यावश्यक कामका लागि एक जिल्लाबाट अर्को जिल्ला जानको लागि गाडीको पास वितरण गर्दै आएको थियो ।
तर अब अत्यावश्यकबाहेकका लागि गाडीको पास बन्द भएको गृह मन्त्रालयले जनाएको हो ।
क्याटेगोरी :
समाचार
ट्याग : #hot