Techie IT
×
गृहपृष्ठप्रदेशसवारी दुर्घटनामा दम्पत्तिको मृत्यु, छोरी र नातिनी गम्भिर घाइते

सवारी दुर्घटनामा दम्पत्तिको मृत्यु, छोरी र नातिनी गम्भिर घाइते


सप्तरी । सप्तरीमा बुधबार भएको सवारी दुर्घटनामा एक दम्पत्तिको मृत्यु भएको छ भने छोरी र नातिनी गम्भिर घाइते भएका छन् ।

पूर्व–पश्चिम राजमार्ग अन्तरगत जिल्लाको खड्क नगरपालिका ६ मा पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको ना.४च. ८४८३ नं. को पिकअप र विपरीत दिशाबाट आउँदै गरेको स.७ प. ८९३२ न. को मोटरसाईकल एक आपसमा ठोकिँदा दुर्घटना भएको प्रहरीले जनाएको छ ।

दुर्घटना पश्चात् गम्भिर घाइते भएका सोही नगरपालिका निवासी ४५ वर्षिय कासिम अन्सारी र उनकी ४० वर्षिया श्रीमती रोशना खातुनलाई उपचारका लागि रुपनीस्थित युनिक अस्पतालमा भर्ना गरिएको तथा उपचारकै क्रममा उनीहरुको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।

यता दुर्घटनामा मृतकका छोरी २५ वर्षिया समसुन खातुन र उनकी ३ वर्षिया छोरी फरना खातुन गम्भिर घाइते भएका छन् । उनीहरुको सोही अस्पतालमा उपचार भइरहेको छ भने पिकअप र मोटरसाईकललाई प्रहरीको नियन्त्रणमा लिई थप अनुसन्धान गरिहेको जनाएको छ ।


क्याटेगोरी : प्रदेश, मधेस प्रदेश, समाचार


तपाईको प्रतिक्रिया दिनुहोस