Techie IT
  • २२ जेठ २०८०, सोमबार
Jhilko

अपहरण तथा शरीर बन्धक मुद्दाका फरार प्रतिवादी पक्राउ


पर्सा, २८ साउन । अपहरण तथा शरीर बन्धक मुद्दामा ९ वर्ष कैद र ५० हजार रुपैयाँ सजाय तोकिई फरार रहेका पटेर्वा सुगौली गाउँपालिका–४ बस्ने ३८ वर्षीय बन्हु सहनीलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
५० केजी ५ सय ग्राम अवैध लागूऔषध गाँजाको चालु मुद्दामा समेत संलग्न रहेका सहनीलाई जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरीले वीरगंज महानगरपालिका–१६ ईनर्वाबाट पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।


क्याटेगोरी : समाचार

प्रतिक्रिया


ताजा अपडेट