पत्रकार बलराम बानियाँ मकवानपुरमा मृत फेला, जुत्ता बल्खुमा !

काठमाडौं, २८ साउन । गत सोमबारदेखि बेपत्ता कान्तिपुरमा कार्यरत पत्रकार बलराम बानियाँको शब मकवानपुरमा भेटिएको छ । काठमाडौंको बल्खु खोला छेउमा उनको जुत्ता भेटिएको छ ।
उनको शब बाढीले बगाएर मकवानपुर पुर्याएको हो । उनको शव कान्तिपुरकै मकवानपुर संवाददाता प्रताप बिष्टले चिनेका हुन् । बानियाँ नेपाल पत्रकार महासंघका पूर्व सचिव हुन् । उनको मृत्यु रहस्यपूर्ण छ ।
क्याटेगोरी : प्रदेश, बाग्मती प्रदेश, समाचार
प्रतिक्रिया