Techie IT
×
गृहपृष्ठसमाचारअन्नपूर्णमा विवाद : तलब होइन राजनीति

अन्नपूर्णमा विवाद : तलब होइन राजनीति


अन्नपूर्ण दैनिकका सम्पादक हरिबहादुर थापाले आफ्नो पदबाट राजीनामा दिएका छन् । उनले व्यवस्थापन पक्षसँग श्रमजीवि पत्रकार/सञ्चारकर्मीलाई तलब घटाएका कारण देखाएर राजीनामा दिएको बताएका छन् । यो कुरालाई व्यवस्थापन पक्षले मानेको छैन । लकडाउनका बेलामा थोरै भए पनि अन्नपूर्ण दैनिकले मात्र सबै पत्रकार/सञ्चारकर्मीको तलव दिएको छ ।

व्यवस्थापन पक्षको स्रोतको दावी छ, ‘सम्पादक थापासँग सल्लाह गरेर नै लकडाउनको अवधिको पैसा घटाएको हो, यसमा उनको पनि सहमति थियो । लकडाउन खुलेपछि र विकल्प भएपछि सबैलाई तोकिएको तलव दिन समस्या छैन ।’

‘अखबारका प्रकाशक क्याप्टेन रामेश्वर थापा पत्रिकालाई सन्तुलित बनाउन चाहन्थे । तर, हरिबहादुर थापा, विकास थापा, चन्द्रशेखर नेपाली कांग्रेसको मुखपत्र बनाइरहेका थिए । पछिल्ला दिनमा अन्नपूर्ण दैनिक नेपाल कम्युनिस्ट पार्टी, सम्पूर्ण वामपन्थी र केपी ओली सरकारका विरुद्ध सुनियोजित रुपमा प्रोपोगाण्डा वार गरिरहेको थियो, नेपालको छिमेकी मित्र राष्ट्र चीनका विरुद्ध अमेरिका–भारतको धुरीमा बसेर लगातार विषवमन गरिरहेका थियो’, वालुवाटार स्रोतले अन्नपूर्ण दैनिकका सम्पादकसहित कांग्रेस निकट पत्रकारका बारेमा टिप्पणी ग-यो ।

कान्तिपुर दैनिक, नयाँ पत्रिका, नागरिक दैनिकसहित कर्पोरेट मिडिया त ओलीको नेतृत्वको सरकारका विरुद्ध निरन्तर योजनाबद्ध रुपमा नै लागेका छन् । अन्नपूर्ण दैनिकलाई स्वतन्त्र पत्रकारिता गर्ने, कांग्रेस, कम्युनिस्ट, सरकार सबैको सकारात्मक समाचार लेख्ने, नकारात्मक पक्षको विरोध गर्ने प्रकाश थापाको योजनामा पत्रिका नगएपछि उनले सम्पादकसहित नेपाली कांग्रेस निकट डेक्समा रहेकाहरुले नमानेपछि उनीहरुलाई वाहिरिन सहज वातावरण बनाएको व्यवस्थापन पक्षका एक जनाले झिल्कोलाई बताए ।

हरिबहादुर थापाको ठाउँमा कसलाई ल्याउने भन्नेमा अझै अन्नपूर्णको व्यवस्थापनले टुङ्गो लगाएको छैन । सम्भवत अन्नपूर्णमा काम गरिरहेकामध्येबाट नै ल्याउने सम्भावना रहेको पनि त्यहाँको एक व्यवस्थापन सहयोगीले बताए । आगामी सम्पादक अखण्ड भण्डारीको सम्भावना बढी रहेको छ ।
३० जेठ २०७७


क्याटेगोरी : समाचार
ट्याग : #breaking


प्रतिक्रिया दिनुहोस