Techie IT
×
गृहपृष्ठसमाचारमोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु

मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु


चितवन, २७ साउन । कालिका नगरपालिका–६ कमलचोकस्थित सडकमा ना.३८ प ४२४९ नम्बरको मोटरसाइकलले मंगलबार बिहान ठक्कर दिँदा पैदलयात्री सोही नगरपालिका-२ बस्ने ७० वर्षीय बम्मर महतोको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको पुरानो मेडिकल कलेज भरतपुरमा उपचारको क्रममा मृत्यु भएको हो ।
दुर्घटनामा घाइते भएका मोटरसाइकल चालक सोही नगरपालिका–६ बस्ने २१ वर्षीय सुजन तामाङको पनि सोही मेडिकल कलेज भरतपुरमा उपचार भइरहेको छ ।


क्याटेगोरी : समाचार


तपाईको प्रतिक्रिया दिनुहोस