Techie IT
×
गृहपृष्ठप्रवासयुएईमा भिजिट भिसामा एक महिना म्याद थप

युएईमा भिजिट भिसामा एक महिना म्याद थप

मार्च १ तारिक पछि म्याद सकिएको भिसाको अवधि एक महिना थप गरिएको हो


युएई युएई सरकारले टुरिस्ट भिसाको नवीकरण अवधि एक महिना थप गरेको यस अघि अगस्ट ११ सम्म रहेको भिसाको म्याद सेप्टेम्बर १० सम्म थप गरिएको । 

अगष्ट ११ पछि टुरिष्ट भिसा अवधि सकिएका विदेशी नागरिकहरुको हकमा लाग्ने जरिवानाको समयलाई एक महिनाको लागिग्रेस पिरीयड थप गरिएको युएई सरकारलाई उद्वत गर्दै खालिज टाईम्सले समाचार छापेको हो ।

युएईको फेडेरल अथोरटी फोर आइडेन्टिटी एण्ड सिटिजनसिपले भोलि अगस्ट ११ देखि लागू हुने गरि महिनाको ग्रेस समय थपेको हो।तर मार्च अघि भिजिट भिसाको म्याद सकिएकाहरुमा भने यो लागू नहुने स्पष्ट पारेको छ।

परिवर्तित नयाँ नियमअनुसार मार्च तारिकभन्दा अघि भिजिट भिसा समय अवधि सकिएको विदेशी नागरिकको हकमा १० अगष्टसम्मरिन्यु वा युएई छाड्नु पर्नेछ भने मार्च पछाडि भिसा समयअवधि सकिएकाहरुले आगामी सेक्टेम्बर १० तारिकसम्म भिसा जरिबाना लाग्नेछैन। उनीहरुले सेप्टेम्बर १० सम्म भिसा स्ट्याटस चेन्ज गर्नु पर्छ वा युएई छाड्नुपर्ने नयाँ नियम लागू भएको छ।

आजै युएई सरकारले युएई बाहिर रहेका वा छुट्टीमा घर गएका रेसिडेन्ट वा ईम्प्लोइमेन्ट भिसा भएका नागरिकहरुलाई युएई फर्कनचाहिने अनुमति पत्र आवस्यक नपर्ने बताएको छ।अबुधाबी अन्तर्राष्ट्रिय  एर्पोटबाट युएई भित्रने सबै राज्यमा ICA GDDRFA मार्फतयात्रा अनुमतिपत्र नचाहिने बताएको


क्याटेगोरी : प्रवास, समाचार


प्रतिक्रिया दिनुहोस