Techie IT
×
गृहपृष्ठसमाचारगृहमन्त्रालयद्वारा केही जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको सरुवा

गृहमन्त्रालयद्वारा केही जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको सरुवा


काठमाडौं, २६ साउन । गृह मन्त्रालयको साउन २६ गतेको मन्त्रीस्तरको निर्णय अनुसार केही प्रमुख जिल्ला अधिकारीको सरुवा गरेको छ ।
सरुवा हुनेमा जिल्ला प्रशासन कार्यालयका प्रमुख जिल्ला अधिकारी विष्णुकुमार कार्कीको गृहमन्त्रालयमा सहसचिवमा सरुवा भएको छ । त्यस्तै, जिल्ला प्रशासन कार्यालय धादिङ्गका प्रमुख जिल्ला अिधकारी अस्मान तामाङलाई जिल्ला प्रशासन कार्यालय पर्शामा सरुवा गरिएको छ ।
जिल्ला प्रशासन कार्यालय अछामका प्रमुख जिल्ला अधिकारीलाई जिल्ला प्रशासन कार्यालय धादिङमा सरुवा गरिएको छ । जिल्ला प्रशासन कार्यालय कन्चनपुरका सहायक प्रमुख जिल्ला अधिकारी गोकर्ण प्रसाद उपाध्यायलाई जिल्ला प्रशासन अछामको प्रमुख जिल्ला अधिकारीमा सरुवा गरिएको छ । त्यस्तै इन्द्रदेव यादवलाई रौतहटका जिल्ला प्रशासन कार्यालयको प्रमुख जिल्ला अधिकारीमा सरुवा गरिएको छ ।


क्याटेगोरी : समाचार
ट्याग : #hot

तपाईको प्रतिक्रिया दिनुहोस