Techie IT
×
गृहपृष्ठसमाचारत्रिवि आंशिक प्राध्यापकका समस्या समाधान गर्न माग

त्रिवि आंशिक प्राध्यापकका समस्या समाधान गर्न माग


काठमाण्डौ, ३० जेठ । प्रजातन्त्रवादी प्राध्यापक संघले त्रिभुवन विश्वविद्यालयमा वर्षौदेखि ज्यालादारीमा अध्यापन गराइरहेका आंशिक प्राध्यापकका समस्या समाधान गर्न माग गरेको छ ।

संघले त्रिभुवन विश्वविद्यालयका पूर्व र वर्तमान पदाधिकारीको बेवास्ताका कारण सयौँ आंशिक प्राध्यापक वर्षौदेखि ज्यालादारीमा बौद्धिक श्रम गरिरहेको अवस्था जटिल बन्दै गएको भन्दै यसअघि सरकारले गरेको निर्णय कार्यान्वयन गरी यो समस्या समाधान गर्न माग गरेको छ ।

संघका अध्यक्ष जगत तिमल्सिना र महासचिव राजेन्द्र गौतमले विज्ञप्ति निकालेर कोरोना भाइरसका कारण लामो समयदेखि पठनपाठन बन्द रहेको अवस्थामा आंशिक प्राध्यापकलाई झनै मर्का परेको र सांसदहरुले संसदमा पनि यो विषयमा पटकपटक उठाइरहेको स्मरण गर्दै यो विषय तत्काल समाधान गर्न माग गरेको छ ।

संघले कोरोनाको महामारीका कारण अध्ययन अध्यापन हुन नसकेको समयमा आंशिक प्राध्यापकलाई मासिक २० हजार रुपैयाँका दरले शैक्षिक भत्ता उपलब्ध गराउन पनि प्रजातन्त्रवादी प्राध्यापक संघले माग गरेको छ ।

तत्कालीन सरकारले २०७४ साल मंसिर ८ गते त्रिभुवन विश्वविद्यालयमा १ हजार ४ सय ४० वटा दरबन्दी थप गर्ने र आंशिक प्राध्यापकलाइई करार गर्ने निर्णय गरे पनि त्यो कार्यान्वयन नभएपछि त्रिभुवन विश्वविद्यालयका आंशिक प्राध्यापक अध्यापन लगायत शैक्षिक गतिविधि छोडेर आन्दोलन गरिरहेका छन् ।


क्याटेगोरी : समाचार


तपाईको प्रतिक्रिया दिनुहोस


सम्बन्धित समाचार