Techie IT
×
गृहपृष्ठसमाचारकिष्ट अस्पतालमा थप एक कोरोना संक्रमितको मृत्यु, मृतकको संख्या ८० पुग्यो

किष्ट अस्पतालमा थप एक कोरोना संक्रमितको मृत्यु, मृतकको संख्या ८० पुग्यो


काठमाडौं, २६ साउन । ललितपुरको किस्ट अस्पतालमा उपचाररत ५० वर्षीय महिलाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ ।

काभ्रे पाँचखालका एक महिलाको निमोनियाको उपचार गराउन हिजो (आइतबार) अस्पताल ल्याइएको थियो । निमोनियाको उपचार गराउन आउँदा शंका लागेर उनको कोरोना परीक्षणका लागि स्वाव संकलन गरिएको थियो ।

आईसीयूमा उपचाररत हुँदा सोमबार उनको मृत्यु भएको छ । यससँगै नेपालमा कोरोना संक्रमणको कारण मृत्यु हुनेको संख्या ८० जना पुगेको छ । नेपाली सेनाले उनको शव व्यवस्थापनको तयारी थालेको अस्पतालले जनाएको छ ।


क्याटेगोरी : समाचार
ट्याग : #breaking, #Corona

तपाईको प्रतिक्रिया दिनुहोस