Techie IT
×
गृहपृष्ठसमाचारटाउको काटिएको शवको पहिचान नखुलेपछि प्रहरीद्वारा तस्बिर सार्वजनिक

टाउको काटिएको शवको पहिचान नखुलेपछि प्रहरीद्वारा तस्बिर सार्वजनिक


काठमाडौं, २६ साउन । काठमाडौंको गोंगबु चोक नजिकै आइतबार सुटकेशमा फेला परेको शवको सनाखत हुन नसकेपछि प्रहरीले मृतकको तस्बिर सार्वजनिक गरेको छ ।

महानगरीय अपराध अनुसन्धान महाशाखाका एसपी ईश्वर कार्कीका अनुसार शवको पहिचानमा सहयोग पुग्ने अपेक्षाका साथ तस्बिर सार्वजनिक गरिएको हो ।

तस्बिरको पहिचान गर्ने व्यक्तिले नजिकैको प्रहरी चौकीमा खबर गर्न समेत एसपी कार्कीले सबैसँग आग्रह गरेका छन् । गोंगबु चोक नजिकै आइतबार सुटकेसभित्र अन्दाजी ४० देखि ४५ वर्षका पुरुषको टाउको र खुट्टाविनाको शव भेटिएको थियो ।

कुकुरको सहयोगमा प्रहरीले सुटकेशभित्र शव भेटिएको ठाउँभन्दा करिब तीन सय मिटर पर जेब्रा झोला भित्र टाउको र खुट्टा फेला पारेको थियो ।


क्याटेगोरी : समाचार


प्रतिक्रिया दिनुहोस