Techie IT
×
गृहपृष्ठसमाचारलुटपाटमा संलग्न रहेको अभियोगमा पक्राउ

लुटपाटमा संलग्न रहेको अभियोगमा पक्राउ


रौतहट, २६ साउन । फतुवा बिजयपुर नगरपालिका–१ गम्हरिया बस्ने २३ वर्षीय नबिन कुमार यादबको साथबाट नगद ५० हजार रुपैयाँ र १ थान मोबाइल लुटपाट गरेको अभियोगमा मौलापुर नगरपालिका(३ बस्ने २५ वर्षीय राकेश राय यादबलाई आइतबार राति प्रहरीले पक्राउ गरेको छ ।

नबिन कुमारले फतुवा बिजयपुर नगरपालिका–५ सन्तपुरस्थित आइएमईबाट उक्त नगद निकाली घरतर्फ जाने क्रममा गम्हरियास्थित नहरको नजिकमा बिआर ०५ क्यू ०३७७ नम्बरको मोटरसाइकल चालक राकेश राय यादब र मोटरसाइकलमा सवार १८ वर्षीय किशोरले नबिनको साथबाट उक्त नगद लुटी फरार भएकामा घटनामा संलग्न राकेशलाई मोटरसाइकल सहित प्रहरीले पक्राउ गरेको हो । साथै नगद सहित फरार रहेका किशोरको प्रहरीले खोजी गरिरहेको छ ।

यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।


क्याटेगोरी : समाचार


तपाईको प्रतिक्रिया दिनुहोस