Techie IT
×
गृहपृष्ठसमाचारबुद्ध नेपालमा जन्मिएकोमा शंका छैन : भारत

बुद्ध नेपालमा जन्मिएकोमा शंका छैन : भारत


काठमाडौं, २५ साउन। भारतीय विदेश मन्त्रालयले भगवान गौतम बुद्धको जन्मभूमिबारे मन्त्री एस जयशंकरको विवादास्पद अभिव्यक्तिलाई सच्याएको छ ।

जयशंकरको अभिव्यक्ति साझा बौद्ध विरासतको सन्दर्भमा भएको भन्दै उसले गौतम बुद्ध जन्मिएकामा कुनै संका छैन भनेको छ । उसले भनेको , ‘यसमा कुनै शंका छैन कि गौतम बुद्ध लुम्बिनीमा जन्मिएका हुन्, जुन नेपालमा पर्छ ।’

जयशंकरले एक भर्चुअल सम्मेलनमा बुद्ध महान भारतीय भएको विवादित अभिब्यक्ति दिएका थिए ।

यसै अभिब्यक्तिको प्रतिउत्तरमा नेपालको परराष्ट्र मन्त्रालयले बुद्धको जन्म नेपालमा भएको धेरै प्रमाण रहेको र त्यसलाई विश्वले स्वीकार गरेकाले बुद्धको जन्मभूमि बहसको विषय नभएको बताएको थियो ।


क्याटेगोरी : समाचार
ट्याग : #breaking


तपाईको प्रतिक्रिया दिनुहोस