Techie IT
×
गृहपृष्ठसमाचारगृहमन्त्री थापाको कोरोना रिपोर्ट नेगेटिभ

गृहमन्त्री थापाको कोरोना रिपोर्ट नेगेटिभ


काठमाडौँ, २४ साउन । गृहमन्त्री रामबहादुर थापा ‘बादल’को कोरोना परीक्षण रिपोर्ट नेगेटिभ आएको छ । उनको शुक्रबार परीक्षणका लागि स्वाब सङ्कलन गरिएको थियो । उनीसँगै उनका सल्लाहकारहरूको पनि रिपोर्ट नेगेटिभ आएको छ ।

मन्त्री थापाका प्रेस सल्लाहकार किरण भट्टराईकाअनुसार कोरोना परीक्षण प्रतिवेदन शनिबार बिहान आएको हो । मन्त्री थापाका राजनीतिक सल्लाहकार सुरेश सुवेदी ‘पथिक’ र सुरक्षा सल्लाहकार प्रा.डा. इन्द्रजीत राईको कोरोना परीक्षण रिपोर्ट पनि नेगेटिभ आएको भट्टराईले बताए।

दैनिकजसो मन्त्रालयमा विभिन्न पक्षसँग भेटवार्ता गर्नुपर्ने भएकाले कोरोना परीक्षणका लागि गत शुक्रबार स्वाब सङ्कलन गरी परीक्षणका लागि पठाइएको प्रेस सल्लाहकार भट्टराईले बताए ।


क्याटेगोरी : समाचार, स्वास्थ्य


प्रतिक्रिया दिनुहोस