गृहपृष्ठ ∕
प्रदेश ∕
वीरगञ्जमा उपचार नपाएर ज्यान गुमाएकी महिलामा कोरोना सङ्क्रमण पुष्टि
वीरगञ्जमा उपचार नपाएर ज्यान गुमाएकी महिलामा कोरोना सङ्क्रमण पुष्टि
पर्सा, २५ साउन । वीरगञ्जमा उपचार नपाएर ज्यान गुमाएकी २० वर्षीया महिलामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।
वीरगञ्ज महानगरपालिका २ को छपकैयाकी महिलाको उपचारको लागि कुनै पनि अस्पतालले भर्ना लिन नमानेपछि शुक्रबार राति ज्यान गएको थियो । नारायणी अस्पतालमा रहेको प्रयोगशालाको परीक्षण रिपोर्टअनुसार उनलाई कोरोना सङ्क्रमण पुष्टि भएको अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट डाक्टर मदनकुमार उपाध्यायले बताए ।
ती महिलालाई पहिला वीरगञ्जको एडभान्स अस्पताल, तराई अस्पताल, भवानी अस्पताल, वयोधा अस्पताल, नेशनल मेडिकल कलेज शिक्षण अस्पताल लगियो तर कुनै पनि अस्पतालले भर्ना गरेर उपचार गर्न नमानेको आफन्तले बताएका छन् ।
अन्तिममा नारायणी अस्पतालकै मातहतमा रहेको अस्थायी कोभिड वीरगञ्ज हेल्थ केयरमा समेत उपचार नभएको आफन्तको गुनासो छ ।
क्याटेगोरी :
प्रदेश,
मधेस प्रदेश,
समाचार
ट्याग : #breaking,
#Corona