Techie IT
×
गृहपृष्ठप्रदेशभक्तपुरको जगातीमा मोटरसाइकल दुर्घटना, एकको मृत्यु

भक्तपुरको जगातीमा मोटरसाइकल दुर्घटना, एकको मृत्यु


भक्तपुर, २५ साउन । भक्तपुरको सूर्यविनायक नगरपालिका, ८ जगाती चोकमा मोटरसाइकल चालकको मृत्यु भएको छ ।

दुर्घटनामा भक्तपुर नगरपालिका१० कमलविनायक बस्ने २९ वर्षीय सुमन श्रेष्ठको मृत्यु भएको हो । सामान बोक्ने पिकअप गाडीसँग ठोक्किएर मोटरसाइकल दुर्घटना भएको हो ।

श्रेष्ठले चलाएको बा ६६ प २८१० नम्बरको मोटरसाइकल र बा १९ च ३३८४ नम्बरको गाडी गएराति करिब ८ः५० बजे आपसमा ठोक्किएका थिए । श्रेष्ठलाई उपचारका लागि भक्तपुर अस्पताल पठाइएकोमा उपचारकै क्रममा राति पौने १० बजेतिर चिकित्सकले मृत घोषणा गरेका जिल्ला प्रहरी कार्यालय भक्तपुरका सूचना अधिकारी दीपक गिरीले जानकारी दिए ।

गाडी चालक रामेछापको सुनापती गाउँपालिका(७ खनियापानी घर भई हाल काठमाडौंको शंखमुल बस्ने २१ वर्षीय नारायण बहादुर श्रेष्ठलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।


क्याटेगोरी : प्रदेश, बाग्मती प्रदेश, समाचार


तपाईको प्रतिक्रिया दिनुहोस